ad ad

ग्लोबल


गाजामा इजरायलले गरेको नरसंहारमा सघाएको भन्दै राष्ट्रपति बाइडेनविरुद्ध मुद्धा

गाजामा इजरायलले गरेको नरसंहारमा सघाएको भन्दै राष्ट्रपति बाइडेनविरुद्ध मुद्धा

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १५:३४,

गाजामा भइरहेको नरसंहारमा सघाएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका दुई मन्त्रीविरुद्ध मुद्दा परेको छ। 

सोमबार बाइडेन, विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोइड अस्टिनविरुद्ध ‘इजरायली सरकारको तर्फबाट भइरहेको नरसंहारलाई रोक्न असफल भएको र त्यसमा सहभागी भएको’ भन्दै एक अदालतमा मुद्दा परेको हो।

सेन्टर फर कन्स्टिच्युसनल राइट्स (सीसीआर) ले प्यालेस्टाइनी मानवअधिकारवादी संस्था, गाजाका बासिन्दा र तिनका अमेरिकामा बसोबास गर्ने नातेदारहरुको तर्फबाट सो मुद्दा दायर भएको हो।

अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणपछि इजरायलले सुरु गरेको आक्रमणमा गाजामा ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अल जजिरा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .