फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले गाजामा इजरालले बालबालिकाको हत्या रोक्नुपर्ने बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा म्याक्रोँले युद्धविराम भए त्यसले इजरायललाई फाइदा पुग्ने बताए।
‘हामी बमबारी रोक्न इजरायललाई आग्रह गर्छौं,’ उनले भने।
उनले हमासको आतंकवादी आक्रमणको भर्त्सना पनि गरे।
उनले अमेरिका, बेलायतजस्ता मुलुकले पनि युद्धविरामका लागि आग्रह गर्नुपर्ने उल्लेख गरे।
इजरायलको एक महिना लामो बमबारी र झण्डै दुई हप्ता लामो स्थल आक्रमणपछि गाजामा ११ हजारभन्दा बढीको ज्यान गइसकेको छ। जसको झण्डै आधा संख्या बालबालिकाको छ।
करिब १५ लाख मानिस घरबारविहीन भएका छन्।
राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय संस्थाहरुले गाजामा मानवीय संकट देखिन थालेको बताएका छन्।
‘वास्तवमा गैरसैनिकहरुमाथि बमबारी भइरहेको छ। ती शिशुहरु, ती महिलाहरु, ती वृद्धहरुलाई बम हानिएको छ र मारिएको छ। त्यसको कुनै कारण र वैधानिकता छैन। त्यसैले इजरायल रोकिनै पर्छ,’ उनले भने। एजेन्सी
Shares

प्रतिक्रिया