ad ad

ग्लोबल


मारिने इजरायलीको संख्या १०० नाघ्यो

मारिने इजरायलीको संख्या १०० नाघ्यो

नेपालखबर
असोज २०, २०८० शनिबार २२:३९,

हमासको आक्रमणमा परी मृत्यु हुने इजरायलीहरुको संख्या एक सय नाघेको छ।

इजरायलको स्वास्थ्य मन्त्रालयले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार मृतकको संख्या १०० पुगेको हो।

त्यस्तै ९ सय ८५ घाइतेको अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ।

जसमध्ये दर्जनौँ गम्भीर घाइते छन्। इजरायलमा रहेका ९ जना नेपाली पनि घाइते भएको नेपाल सरकारले जानकारी दिएको छ।

कतिपय स्थानमा लडाइँ जारी रहेको र कयौँ इजरायली हमास लडाकुको बन्धक भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताइएको छ।

जवाफमा इजरायली सेनाले सुरु गरेको हवाई आक्रमणमा करिब २ सय प्यालेस्टाइनीको ज्यान गएको जनाइएको छ। गाजामाथि हवाई आक्रमण जारी छ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले मुलुक युद्धमा रहेको बताएका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .