ad ad

ग्लोबल


बलात्कार आरोपितका बाबुले रुँदै भने- अब कसरी मुख देखाउनु! उसले मृत्यु सजाय पाउनुपर्छ

बलात्कार आरोपितका बाबुले रुँदै भने- अब कसरी मुख देखाउनु! उसले मृत्यु सजाय पाउनुपर्छ

उज्जैन बलात्कार काण्डका आरोपित भरत सोनीका बुबा। तस्बिर : दैनिक भास्कर


नेपालखबर
असोज १३, २०८० शनिबार ८:१०, काठमाडौँ

भारतस्थित मध्यप्रदेशको उज्जैन बलात्कार काण्डका आरोपित भरत सोनीका बुबाले आफ्नो छोराले अपराध गरेको हो भने उसले मृत्युदण्डको सजाय पाउनुपर्ने बताएका छन्। 

भारतीय पत्रिका दैनिक भास्करका अनुसार उनले रुँदै भने, ‘बालिकासँग धेरै गलत काम भयो। मेरो छोरो यस्तो होला भन्ने सोचेको थिइनँ। अब मान्छेका अगाडि मैले कसरी मुख देखाउनु! बरु प्रहरीले पक्रनुको सट्टा गोली हान्नुपर्थ्यो।’ 

प्रहरीका अनुसार आरोपित भरत सोनीले यही सेप्टेम्बर २५ तारिखका दिन १५ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। त्यसपछि ती बालिका साढे दुई घण्टासम्म रगतले लतपतिएको लुगा लगाएर हिँडिरहेकी थिइन्। प्रहरीले सात सयभन्दा बढी सीसीटीभी फुटेज स्क्यान गरेर आरोपितलाई पक्राउ गरेको हो। 

बलात्कार आरोपित भरत सोनी। तस्बिर : दैनिक भास्कर

सेप्टेम्बर २८ तारिख प्रहरीले उनलाई अनुसन्धानका लागि घटनास्थलमा लगेको थियो। अभियुक्तले त्यहाँबाट भाग्ने प्रयास गरेका थिए। यसै क्रममा उनी घाइते भए। उनको इन्दौर अस्पतालमा उपचार भइरहेको छ।

अदालतले आरोपितलाई ७ दिनका लागि न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .