ad ad

ग्लोबल


यौन उत्पीडन मुद्दा लागेका भाजपा सांसद वृजभूषण अदालतमा हाजिर

यौन उत्पीडन मुद्दा लागेका भाजपा सांसद वृजभूषण अदालतमा हाजिर

नेपालखबर
भदौ ३०, २०८० शनिबार २०:३०, काठमाडौँ

शनिबार दिल्लीको राउज एभिन्यु अदालतमा महिला कुस्ती खेलाडीको यौन उत्पीडनको मुद्दामा सुनुवाइ भएको छ। 

सुनुवाइका क्रममा दिल्ली प्रहरीले अदालतलाई मुद्दाका आरोपित भारतीय कुस्ती संघका पूर्वअध्यक्ष तथा भाजपा सांसद वृजभूषण शरण सिंहलाई अनुगमन समितिले सफाइ नदिएको बताएको छ।

बीबीसी हिन्दीका अनुसार भारतीय बक्सर एमसी मेरी कोमको अध्यक्षतामा केन्द्रीय खेलकुद मन्त्रालयले वृजभूषण सिंहविरुद्ध लागेको आरोप छानबिनका लागि निरीक्षण समिति गठन गरेको थियो।

उनीविरुद्ध मुद्दा चलाउने वा नपर्ने विषयमा बहसका क्रममा अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट हरजितसिंह जसपालसमक्ष प्रहरीले यस्तो तर्क गरेको हो।

विशेष सरकारी वकिल अतुल श्रीवास्तवले अदालतमा अनुगमन समितिले वृजभूषण शरण सिंहलाई सफाइ नदिएको बताए। उनले समितिले अहिलेसम्म निर्णय नदिइसकेको तर सुझाव दिएको र आरोप सहि हो कि गलत भन्ने कतै पनि नखुलेको बताए। 

दिल्ली प्रहरीले सांसद वृजभूषण शरणसिंहविरुद्ध जुन १५ मा आईपीसीका धारा ३५४, ३५४ए, ३५४डी तथा ५०६ का आधारमा आरोपत्र दायर गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .