ad ad

ग्लोबल


हवाई डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ९७ भएको पुष्टि

हवाई डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ९७ भएको पुष्टि

नेपालखबर
भदौ ३०, २०८० शनिबार २०:८, काठमाडौँ

अमेरिकाको हवाई राज्यको माउइ राज्यमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ११५ बाट घटाएर ९७ मा झारिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।

माउईका प्रहरी प्रमुख जोन पेलेटियरले शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी मृतकको सङ्ख्यामा कमी आएको घोषणा गरेको राज्यको प्रमुख स्थानीय समाचार संस्था हवाई न्यूज नाउले जनाएको छ।

अधिकारीहरूले ‘अवशेषहरूको सूचीकरण गर्ने कठिन प्रयासको बीच’ मृतकहरूको सङ्ख्या समायोजन गरेका छन्। ‘मृतकमध्ये धेरको प्ररा शरिर छैन र केहीको मृत शरिर खराब अवस्थामा छन्,’ रिपोर्टमा भनिएको छ।

अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘भेटिएका अवशेषको डिएनए विश्लेषणले केही अपूर्ण मृत शरिरहरूलाई एउटै भएको पुष्टि गरेपछि मृत्युहुनेको सङ्ख्यामा संशोधन गरिएको हो।’

‘डिफेन्स पीओडब्ल्यू÷एमआईए एकाउन्टिङ एजेन्सी’का प्रयोगशाला निर्देशक जोन बर्डले भन्नुभयो, “पहिलेको सङ्ख्या अनुमानमा आधारित थियो, जसमा शवगृहमा पठाइएका शरीरका झोलाहरूको सङ्ख्या पनि समावेश थियो।

साथै, पानीमा भेटिएका गैर–मानव अवशेषहरू पनि यसपहिले गणनामा समावेश थिए।

तीमध्ये ७४ जनाको आधिकारिक पहिचान भइसकेको र पहिचान हुन नसकेकाको सङ्ख्या ३१ मा झरेको प्रतिवेदनमा उल्लेख छ। 

अधिकारीहरूले गत हप्ता विनाशकारी डढेलोपछि ६६ जना अझै हराइरहेको बताएका थिए। अगष्ट ८ मा सुरु भएको डढेलो माउईको ऐतिहासिक शहर लाहैनामा फैलिएको थियो।

अधिकारीहरूले यस डढेलोका कारण कम्तीमा ११५ जनाको मृत्यु भएको घोषणा गरेका थिए, जसले गर्दा हवाईको इतिहासकै सबैभन्दा भयानक प्राकृतिक प्रकोप र एक शताब्दीयताकै सबैभन्दा घातक अमेरिकी डढेलोमध्ये एक भएको थियो। (रासस/सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .