इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकन युनियन (एयु) लाई जी२० को समूहमा पूर्ण सदस्यका रुपमा समावेश गर्नु स्वागतयोग्य भएको बताएका छन्।
उनले जी २० मा समावेश गराउने कदम सही दिशामा रहेको बताउँदै यसले अन्तर्राष्ट्रिय एजेण्डामा अफ्रिकी महाद्विपका प्राथमिकता राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भारतको नयाँ दिल्लीमा चलिरहेको जी२० शिखर सम्मेलनस्थलनजिकै आयोजित अफ्रिका-युरोप मिनी शिखर सम्मेलनको क्रममा सिसीले यस्तो बताएका हुन्।
मिनी शिखर सम्मेलनका क्रममा अफ्रिकी र युरोपेली नेताहरुले उनीहरुको साझेदारीलाई बढावा दिन र पारस्परिक हित तथा लाभहरु हासिल गर्न निरन्तर समन्वय र सहकार्यमा जोड दिए।
शनिबार जी२० सदस्यहरुले एयुलाई जी २० सदस्य बनाउन सहमति जनाएका थिए।
18
Shares

प्रतिक्रिया