अमेरिकाका राष्ट्रपति जो बाइडेन जी-२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि पत्नी जिल बाइडेनलाई कोरोना संक्रमण भएको छ।
तर राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको बीबीसीले जनाएको छ।
अमेरिकाकी प्रथम महिलाका लागि सञ्चार निर्देशक एलिजाबेथ अलेक्जेन्डरले विज्ञप्ति जारी गरेकी छन्।
जिल बाइडेनमा हाल कोरोनाका हल्का लक्षणहरू रहेको जानकारी दिइएको छ। उनी डेलावेयरको घरमै बस्नेछिन्।
54
Shares
प्रतिक्रिया