ग्लोबल


पाकिस्तानमा महिलाले आफ्नै नवजात शिशु छैटौँ तलाबाट फ्याँकेपछि...

पाकिस्तानमा महिलाले आफ्नै नवजात शिशु छैटौँ तलाबाट फ्याँकेपछि...

फाइल तस्बिर : पाकिस्तानको कराँची सहर


रासस/एएनआई
भदौ १७, २०८० आइतबार २०:३५, कराँची

एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन्। 

कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएको छ। यो घटना शनिबार अपराह्नको हो। कराँची प्रहरीले तत्काल अनुसन्धान थालेको छ। 

प्रहरीले परिचय सार्वजनिक एक जना महिलालाई आफ्नो नवजात शिशुलाई कराँचीको लियाकताबाद क्षेत्रस्थित भवनको छैटौँ तल्लाबाट फ्याँकेको आरोपमा पक्राउ गरेको एआरवाई समाचारमा उल्लेख छ। 

प्रहरीले पक्राउ परेकी ती महिलासँग सोधपुछ गरिरहेको तथा उनको मानसिकस्थिति शङ्कास्पद रहेको जनाइएको छ। छिमेकीले ती महिला लागूऔषधको दुर्व्यसनमा फसेको बताएका छन्। प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने विज्ञप्ति निकालेर बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad