इजिप्टको बेरोजगारी दर चालु वर्षको दोस्रो त्रैमासिकमा ०.१ प्रतिशतले घटेर ७ प्रतिशतमा पुगेको छ।
देशको तथ्यांक निकाय क्यापमासले मंगलवार जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो। देशभर १२ लाख पुरुष र ९ लाख ४१ हजार महिलासहित २० लाख भन्दा बढी नागरिकहरु बेरोजगार रहेको बताइएको छ।
६१.८ प्रतिशत बेरोजगार नागरिकहरु १५ देखि २९ वर्ष उमेरसमूहका छन्। गत वर्षको यही अवधिमा भन्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.३ प्रतिशतले वृद्धि भएको छ।
इजिप्टको वार्षिक मुद्रास्फिती दर जुलाईमा बढेर ३८.२ प्रतिशत कायम भएको थियो।
प्रतिक्रिया