ad ad

ग्लोबल


इन्धनको मूल्य १८० प्रतिशतसम्मले बढ्यो, कर्मचारीको तलब वृद्धि गर्न सिरियाका राष्ट्रपतिको आदेश

इन्धनको मूल्य १८० प्रतिशतसम्मले बढ्यो, कर्मचारीको तलब वृद्धि गर्न सिरियाका राष्ट्रपतिको आदेश

सिन्ह्वा
साउन ३२, २०८० बिहिबार १२:३८, काठमाडौँ

सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा चर्को वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिएका छन्।

मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै राष्ट्रपतिले कर्मचारीहरुको तलब शतप्रतिशत बढाउन आदेश दिएका हुन्।

राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुका लागि सन् २०११ पछि नवौँ पटक तलब वृद्धि भएको हो।

अहिले सिरियाको आर्थिक अवस्था संकटमा छ। यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो।

सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीका लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ।

इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रु अलपत्र परेका थिए।

इन्धनको मूल्यवद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ। खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .