ग्लोबल


जम्मु–कस्मिरमा निधन भएको सुर्खेतका गोर्खा सैनिक लक्ष्मणको बनारसमा अन्त्येष्टि

जम्मु–कस्मिरमा निधन भएको सुर्खेतका गोर्खा सैनिक लक्ष्मणको बनारसमा अन्त्येष्टि

शैलेन्द्र समदर्शी
माघ ६, २०७६ सोमबार ६:३६,

जम्मु–कस्मिर हिमपहिरोमा निधन भएका सुर्खेतका गोर्खा सैनिक लक्ष्मण बिसीको अन्त्येष्टि गरिएको छ।

बिसीसहित पाँच भारतीय सैनिकको गत पुस २९ गते जम्मु–कस्मिरको तंगधार सेक्टरमा हिम पहिरोमा पुरिएर निधन भएको थियो। भारतीय सेनाका जवान बिसीको आइतवार बनारसमा पूर्ण सैनिक सम्मानसहित हरिश्चन्द्र घाटमा अन्तिम संस्कार गरिएको हो।

 बिसी सुर्खेत निवासी हुन्। २÷९ गोर्खा रेजिमेन्टका टोलीसहित बिसी तंगधार सेक्टरमा ड्युटीमा खटिएका थिए। पुस २९ गते पहिरोमा परेर निधन भएपनि उनीहरुको शव दुई दिनपछि निकालिएको थियो।

 २२ वर्षीय लक्ष्मणले गतवर्ष विवाह गरेका थिए। उनकी दुई महिनाकी छोरी छन्।

अन्त्यष्टिका लागि बीसीकी आमा र परिवारका अन्य सदस्य बनारस पुगेका थिए। भारतीय सेनामा भर्ना भएर निधन हुने व्यक्तिको शव नेपाल लैजान नपाइँने व्यवस्था छ।

 सो अवसरमा जीसीटीका जवानहरू सम्मानस्वरुप सलामी अर्पण गरेका थिए। यसअवसरमा ब्रिगेडियर हुकुम सिंह बैंसलालगायत सेनाका उच्चाधिकारी, जिल्ला प्रशासनका अधिकारीहरू उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .