भारतमा भारी वर्षापछि गएको बाढी र बादलका कारण दिल्लीदेखि सिमलासम्मको जनजीवन प्रभावित भएको छ।
दिल्लीमा आइतबार बिहान ८ बजेसम्म २४ घण्टामा १५३ मिलिमिटर वर्षा भएको छ। जुन ४१ वर्षअघि सन् १९८२ जुलाई २५ मा भएको वर्षापछिको उच्च हो। त्यसबेला १६९.९ मिलिमिटर वर्षा भएको थियो।
अविरल वर्षापछिको बाढी पहिरोले ३४ जनाको मृत्यु भएको छ। हिमाचलमा ११, उत्तर प्रदेशमा ८, उत्तराखण्डमा ६, दिल्लीमा ३, जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा २–२ जनाको मृत्यु भएको हो।
देशभर ७३६ सडक अवरुद्ध भएका छन्।
36
Shares

प्रतिक्रिया