ad ad

ग्लोबल


पुटिन भन्छन् : सेनाले गृहयुद्ध रोक्यो

पुटिन भन्छन् : सेनाले गृहयुद्ध रोक्यो

नेपालखबर
असार १२, २०८० मंगलबार १७:२६,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्रेमलिनभित्रै एक सैन्य टुकडीलाई सम्बोधन गरेका छन्। सेनाले गृहयुद्ध रोकेको उनको भनाइ छ।

‘तपाईंहरुले गृहयुद्ध रोक्नुभयो। तपाईंहरुले व्यवस्थित तरिकाले उचित कदम चाल्नुभयो,’ उनले भने।

वाग्नर समूहको विद्रोहका क्रममा मारिएका पाइलटहरुको स्मृतिमा उनले एक मिनेट मौनधारण पनि गराए।

वाग्नरहरुलाई जनता र सेनाको साथ नभएको पनि उनले उल्लेख गरे।

वाग्नरका नाइके यव्गेनी प्रिगोजिन बेलारुस पुगिसकेको बताइन्छ। सरकारले विद्रोहमा भाग लिएकाहरुलाई मुद्दा नचलाउने भएको छ।

वाग्नर लडाकुहरुले ठूला हतियार तथा सैन्य सामग्री हस्तान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ।

पुटिनले ती लडाकुहरुलाई सेनामा भर्ती हुन, घर फर्किन तथा बेलारुस जाने विकल्प रोज्न भनेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .