वाग्नर समूहको विद्रोहपछि रुसी रक्षामन्त्री सेर्गेइ सोइगु पहिलो पटक सार्वजनिक रुपमा देखिएका छन्। वाग्नर प्रमुख प्रिगोजिनले उनलाई सैन्य नेतृत्वबाट हटाउनुपर्ने माग राखेका थिए।
सोइगुले युक्रेनमा चलिरहेको युद्ध क्षेत्रमा पुगेर सैनिकहरुको निरीक्षण गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
वाग्नरसँग सहमतिपछि केहीले सोइगुलाई रक्षा मन्त्रालयबाट हटाइने अड्कल गरेका थिए। तर, सोइगु पदमा कायम रहेको रुसको आरआईए न्युज एजेन्सीले जनाएको छ।
तर, उनले कुन स्थानको निरीक्षण भ्रमण गरेका हुन् भन्ने खुलाइएको छैन।
सोइगु महिनौँसम्म प्रिगोजिनको आक्रमणको निसानामा थिए। उनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई मोर्चाको यथार्थबारे ढाँटेको प्रिगोजिनको आरोप थियो।
तर, सोइगु पुटिनका विश्वासपात्र मानिन्छन्। विगतमा उनी पुटिनसँग सिकार खेल्न तथा माछा मार्न साइबेरिया जाने गरेका थिए। कुनैबेला उनलाई पुटिनको उत्तराधिकारी पनि मानिन्थ्यो।
२०१४ मा रुसले क्रिमिया कब्जा गर्दा त्यसको जस सोइगुलाई दिइएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया