ad ad

ग्लोबल


मोजाम्बिकमा एड्सले एक वर्षमा ४८ हजार व्यक्तिको मृत्यु

मोजाम्बिकमा एड्सले एक वर्षमा ४८ हजार व्यक्तिको मृत्यु

नेपालखबर
असार ५, २०८० मंगलबार २०:५०, मापुटो

मोजाम्बिकमा गत वर्ष एचआइभी/एड्ससम्बन्धी जटिलताका कारण झन्डै ४८ हजार व्यक्तिको मृत्यु भएको छ।

यद्यपि, यो सङ्ख्या सन् २०२१ मा ५० हजारभन्दा बढी रहेको मोजाम्बिकका अधिकारीहरूले बताएका छन्। 

मोजाम्बिकको राष्ट्रिय एड्स परिषद्का कार्यकारी सचिव फ्रान्सिस्को मोबोफानाले राजधानी मापुटोमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्। 

उनले गत वर्ष रेकर्ड गरिएको एड्सजन्य मृत्युमा सामान्य कमी देखिएको तर इच्छित लक्ष्यहरू प्राप्त गर्ने उद्देश्यका लागि कार्यहरूको तीव्रताको थप आवश्यकता देखिएको बताए। 

उनले भने, ‘जब हामी यी सङ्ख्याहरू हेर्छौं, हामी सचेत हुनुपर्छ कि यो देशमा १० वर्ष पहिले लगभग ८०,००० मानिसहरू एचआईभी/एड्ससँग सम्बन्धित कारणहरूले मरिरहेका थिए। यसको अर्थ हामीले महत्त्वपूर्ण कदम चालेका छौं। हामीले मृत्युदर घटाउनका लाथि थप कडा मेहनत गर्न आवश्यक छ।’

सन् २००० देखि २०२२ सम्ममा विभिन्न रणनीतिको कार्यान्वयनका कारण करिब १० लाख एचआइभी/एड्सबाट हुने मृत्युबाट बच्न सफल भएको उनको भनाइ छ। 

नेसनल इन्स्टिच्युट अफ हेल्थ र नेसनल इन्स्टिच्युट अफ स्टाटिस्टिक्सले गरेको अध्ययनअनुसार सन् २०१९ देखि २०२१ को बीचमा एचआइभी/एड्सका कारण यहाँ सबैभन्दा बढी मृत्यु भएको छ। मोजाम्बिकमा क्यान्सर र औलो मृत्युदरको दोस्रो र तेस्रो मुख्य कारण हुन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .