दक्षिणपूर्वी युरोपेली देश ग्रिसममा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ७९ जनाको मृत्यु भएको छ।
मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ। १०० जनाको सकुशल उद्धार गरिएको छ। पाइलोसको दक्षिण-पश्चिममा भएको दुर्घटनामा आप्रवासीहरू रहेको बताइएको छ।
माछा मार्न प्रयोग हुने उक्त डुङ्गामा कति जना मानिस थिए भन्ने खुलेको छैन, तर क्षमताभन्दा बढी यात्रु रहेको बताइएको छ। ग्रिस सरकारले आप्रवासी बोकेको यो हालसम्मकै सबैभन्दा ठूलो जहाज दुर्घटना भएको बताएको छ। तीन दिन राष्ट्रिय शोक घोषणा गरिएको छ।
डुङ्गामा सवार कसैले पनि सुरक्षा ज्याकेट नलगाएको जनाइएको छ।
पाइलोसको दक्षिण-पश्चिममा ८० किलोमिटर (५० माइल) तल जहाज खसेको बीबीसीले उल्लेख गरेको छ।
सीमा सम्बन्धी यूरोपेली निकाय फ्रन्टेक्सको मंगलबार अबेर भू-मध्यसागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा उक्त डुंगालाई देखेको र सहयोगका लागि प्रस्ताव गरेको बताएको छ। तर उनीहरूले आफू ठीक रहेको र सहयोगको खाँचो नभएको बताएका थिए।
बुधबार उक्त दुर्घटना भएपछि ग्रिस कोस्ट कार्डले उद्धार अभियान चलाएर १ सय बढी जनालाई उद्धार गरेको बताइएको छ।
Shares
प्रतिक्रिया