ad ad

ग्लोबल


श्रीलंकामा मिर्गौलाबाट अहिलेसम्मको ‘विश्वकै सबैभन्दा ठूलो पत्थरी’ निकालियो

श्रीलंकामा मिर्गौलाबाट अहिलेसम्मको ‘विश्वकै सबैभन्दा ठूलो पत्थरी’ निकालियो

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार १९:०, कोलम्बो

श्रीलंकाका सैनिक चिकित्सकले ६२ वर्षीय अवकाशप्राप्त सैनिकको मिर्गाैलामा रहेको विश्वकै सबैभन्दा ठूलो पत्थरी निकालेको श्रीलंकाको सेनाले बुधबार जनाएको छ। 

सेनाका अनुसार पूर्वसर्जेन्ट क्यानिस्टस कुन्जबाट निकालिएको पत्थरको तौल ८०१ ग्राम (२८.२५ औंस) थियो, जुन औसत पुरुष मिर्गाैलाको तौलभन्दा पाँच गुणा बढी हो। 

कुन्जको मिर्गाैलाको पत्थरी १३.३७ सेन्टिमिटर (५.२६ इन्च) लामो थियो। औसत मिर्गाैला १० देखि १२ सेन्टिमिटर लामो हुन्छ।
“जुन १ मा कोलम्बो आर्मी अस्पतालमा एक ठूलो शल्यक्रियामार्फत मिर्गाैलामा रहेको अहिलेसम्मको विश्वको सबैभन्दा ठूलो पत्थरी निकालिएको थियो,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

कुन्जले स्थानीय स्वर्णवाहिनी टीभीसँग कुरा गर्दै सन् २०२० देखि पेट दुखेको र मुखको औषधिले सहयोग नगरेको बताए। 

उनले भने, “हालैको स्क्यान (परिक्षण) पछि मलाई शल्यक्रिया गर्न भनिएको थियो। म अहिले सामान्य महसुस गरिरहेको छु।”

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार सन् २००८ मा पाकिस्तानमा एक बिरामीको मिर्गाैलाबाट ६२० ग्राम पत्थर जम्मा भएको रेकर्ड गरिएको थियो।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले मान्यता दिएपछि अधिकारीहरूले बुधबार उक्त खोजको घोषणा गरेका हुन्। 

“हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पत्थरी निकालेपछि मिर्गाैलाले सामान्य रुपमा काम गरिरहनु हो र यसमा हाम्रो टोली सफल भएको छ,” सेनाका सर्जन के. सुदर्शनले भने। 

मिर्गाैलामा खनिज पदार्थ र लवण क्रिस्टलीकृत हुँदा रगतलाई फिल्टर गर्दा पत्थरी जम्मा हुन्छ। 

यदि पत्थरीहरू धेरै ठूला छन् भने नियमित सकुलेसनमा कष्टदायी पीडा हुनसक्छ र तिनीहरू अड्किएका छन् भने शल्यक्रियाको आवश्यकता पर्दछ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .