ad ad

ग्लोबल


इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको निधन

नेपालखबर
जेठ २९, २०८० सोमबार १५:३१, काठमाडौँ

इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको सोमबार निधन भएको छ। उनी ८६ वर्षका थिए। 

बर्लुस्कोनी तीन पटकसम्म इटालीको प्रधानमन्त्री बनेका थिए। देशमा राम्रो पकड रहेका उनको जनतामाझ पनि राम्रो प्रभाव थियो।

उनी दोस्रो विश्व युद्धपछि इटालीमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका थिए। उनी सन् १९९४ देखि २०११ बीचमा तीन पटकसम्म प्रधामन्त्री पदमा रहे।

बर्लुस्कोनी इटालीको चर्चित फुटबल क्लब एसी मिलानका पूर्वप्रमुख पनि हुन्। एसी मिलान यस सिजन च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो।

उनको चर्चा रंगीन जीवनशैलीका लागि पनि हुन्थ्यो। आफ्नो यस परिचयका कारण उनी विश्वभर चिनिन्थे।

उनी एक सफल व्यवसायी पनि थिए। उनलाई व्यावसायिक कुशलतका कारण पनि चिनिन्थ्यो।

उनी बाँचुन्जेल अनेक विवादमा पनि जोडिएका थिए। उनको नामसँग कयौँ स्क्यान्डल जोडिएका थिए। उनले कयौँ पटक कानुनी झमेला पनि सामना गरे। उनले जुन पार्टी बनाएका थिए, अहिले त्यो इटालीको सत्ताधारी गठबन्धनको सदस्य पनि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .