ग्लोबल


ओडिशा : कोइला बोकेको रेलमा लागेको आगो नियन्त्रणमा

ओडिशा : कोइला बोकेको रेलमा लागेको आगो नियन्त्रणमा

नेपालखबर
जेठ २७, २०८० शनिबार ११:२७, काठमाडौँ

भारतको ओडिशा राज्यअन्तर्गत बालाश्वरमा कोइलाले भरिएको मालगाडी रेलमा आगलागी भएको छ।

शुक्रबारदेखि रुप्सा रेलवे स्टेशनमा रोकिएको मालगाडीमा शनिबार बिहान आगलागी भएको हो। रेलवे कर्मचारीले बोगीबाट धुवाँ निस्किरहेको देखेपछि तत्काल बालेश्वर दमकललाई फोन गरेका थिए।

लगत्तै पुगेको दमकलले आगो निभाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आगलागी कसरी भयो भनेर रेलवेले अनुसन्धान गररहेको बताइएको छ।

चार दिनअघि मात्रै बालाश्वरमै २८८ जनाको ज्यान रेल दुर्घटना भएको थियो। स्टेसनमा रोकिइराखेको मालगाडीमा कोरोमण्डल रेल र त्यसपछि बे‌ंगलरु-हावडा रेल एकसाथ ठोक्किएपछि उक्त दुर्घटना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad