ad ad

ग्लोबल


अल्बानीजसँग वार्ता गर्न प्रधानमन्त्री मोदी सिड्नीमा

अल्बानीजसँग वार्ता गर्न प्रधानमन्त्री मोदी सिड्नीमा

नेपालखबर
जेठ ८, २०८० सोमबार २१:४८, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पपुवा न्यु गिनीको भ्रमण सकेर सिड्नी पुगेका छन्। 

सिड्नी आइपुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका लागि अस्ट्रेलियाली उच्चायुक्त ब्यारी ओफरेल र अन्य अधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

उनीहरूको द्विपक्षीय भेटमा बृहत् आर्थिक सहयोग सम्झौतामार्फत दुई देशबीचको व्यापारलाई बढावा दिने प्रयासलगायत व्यापार र लगानीका विषयमा छलफल गर्ने बताइएको छ त्यसैगरी दुई देशका जनस्तरको सम्बन्ध, नवीकरणीय ऊर्जा एवं सुरक्षा सहयोगलाई थप मजबुत बनाउनेविषयमा पनि छलफल केन्द्रित हुने अष्ट्रेलिया सरकार द्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

भ्रमणका क्रममा भारतीय डायस्पोराका सदस्यहरूले ‘भारत माता की जय’ र ‘वन्दे मातरम’ भन्दै प्रधानमन्त्री मोदीलाई  स्वागत गरेका थिए।

दुई देशका प्रधानमन्त्रीहरूले सिड्नीमा भारतीय डायस्पोराहरूले आयोजना गर्ने बहुसांस्कृतिक  कार्यक्रममा भाग लिनेछन्।

यसैबीच अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले नयाँ दिल्लीमा सेप्टेम्बरमा आयोजना हुन लागेको आर्थिक सहयोगका लागि विश्वको प्रमुख मञ्च जी(२० का नेताहरूको शिखर सम्मेलन भारत भ्रमण गर्न उत्सुक रहेको पनि बताएका छन्। 

पपुवा न्यु गिनीको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री मोदीले आज आफ्ना समकक्षी जेम्स मारापेसँग संयुक्त रूपमा फोरम फर इन्डिया–प्यासिफिक आइल्याण्ड्स कोअपरेसनको तेस्रो शिखर सम्मेलनमा भाग लिएका थिए।

यसअघि उनले जापानमा आयोजित जी-७ उन्नत अर्थतन्त्रको शिखर सम्मेलनमा भाग लिनुका साथै विश्वका थुप्रै नेताहरुसँग द्विपक्षीय भेटघाट गरेका थिए। 

हिरोशिमामा भएको जी–७ शिखर सम्मेलनको छेउमा क्वाड शिखर सम्मेलन पनि आयोजना गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .