ad ad

ग्लोबल


आठ महिना लामो लडाइँपछि रुसको कब्जामा बाखमुत, युक्रेनले भन्यो : लडाइँ जारी छ

आठ महिना लामो लडाइँपछि रुसको कब्जामा बाखमुत, युक्रेनले भन्यो : लडाइँ जारी छ

नेपालखबर
जेठ ७, २०८० आइतबार १३:५९, काठमाडौँ

रूसको निजी सेना ‘वागनर’ का प्रमुखले शनिबार बाखमुत सहर कब्जा गरेको घोषणा गरेका छन्। 

रूस-युक्रेन युद्ध चलिरहँदा आठ महिना लामो संघर्षपछि रुसले युक्रेनको सामरिक सहर बाखमुत कब्जामा लिएको हो। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि वागनर निजी सेना र रूसी सैनिकको टिमलाई बधाई दिएका छन्। 

रूस र युक्रेनबीच चलिरहेको संघर्ष १५ महिनाभन्दा धेरै भइसकेको छ। रूसले यसबीचमा युक्रेनका कयौँ सहरमा कब्जा जमाएको छ।

तर युक्रेनी सेनाले पनि अमेरिकासहित नाटो राष्ट्रको साथ लिएर प्रत्याक्रमण गरिरहेको छ। रुसको दाबी सत्य भए अब उसका लागि युक्रेनी राजधानी किभमा हमलाका लागि पनि बाटो खुलेको छ।

रूसी सेनाले शनिवार पूर्वी सहर बाखमुतमा पूरा नियन्त्रण लिएको दाबी गरेपछि युक्रेनले भने त्यसलाई गलत भनेको छ। अहिले पनि त्यहाँ लडाइँ जारी रहेको उसको दाबी छ। 

रूसको निजी सेना ‘वागनर’ को दाबी र पुटिनको बधाईबीच युक्रेनकव यस्तो दाबी आएको हो। बाखमुतमा पूरै साल रूस र युक्रेनबीच युद्ध चलेको थियो। यो लडाइँमा मस्को र किभ दुवैतिर ठूलो क्षति भएको अनुमान छ।

बाखमुतमा रुसी झन्डा गाडिँदै गर्दा युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की जापानमा जारी जी ७ शिखर सम्मेलनमा भाग लिइरहेका छन्। 

यसबीच वागनरले बाखमुतमा कब्जा घोषणासहति त्यसका प्रमुख येभगेनी प्रिगोझिनले शनिबार दिउँसो पूरै नियन्त्रणमा आएको बताएका छन्। उनका अनुसार त्यहाँ रुसी झन्डा फहराइएको छ। 

प्रिगोझिनले भिडिओमा २० मेको दिउँसो बाखमुतलाई पूरै कब्जामा लिइएको उनले भनेका छन्। अब त्यो सहर रूसी सेनालाई जिम्मा लगाउनुअघि कब्जा भएको सहर अवलोकन गर्नेछन्।

२५ मेसम्म वागनर लडाकुले बाखमुतको जाँच गर्नेछन्। रक्षा सुनिश्चित गरेपछि शहरलाई रूसी सेनासामु सुम्पिने तयारी उनले गरेका छन्। उनले आफैँ पनि फिल्ड क्याम्पमा जाने बताएका छन्। 

रूसको दाबीपछि युक्रेनका उपरक्षामन्त्री हन्ना मलियारले अझै लडाइँ जारी रहेको बताएका छन्। उनले स्थिति गम्भीर रहेको बताउँदै बाखमुतका केही औद्योगिक र ठूला सुविधामाथि आफ्नो सुरक्षाबलको नियन्त्रण रहेको बताएका छन्। 

युक्रेनका पूर्वी कमान प्रवक्ता सेर्ही चेरेभत्यील प्रिगोझिनको दाबीमा सत्यता नरहेको बताउँदै बाखमुत सैनिकहरु लडिरहेको जानकारी दिए। 

पूर्वी युक्रेनमा कब्जापछि रूसी राष्ट्रप भ्लादिमिर पुटिनले वागनर निजी सेना र रूसी सैनिक टोलीलाई बधाई दिएका छन्। 

क्रेमलिनको प्रेस कार्यालयले आइतबार एक बक्तव्यमा भ्लादिमिर पुटिनले वागनर लडाकु र रूसी सैनिकलई बधाई दिएको जनाएको छ। उनले लडाइँमा योगदान दिने हरेक व्यक्तिलाई सम्मान गरिने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .