ग्लोबल


विधानसभाका लागि कर्नाटकमा मतदान जारी

विधानसभाका लागि कर्नाटकमा मतदान जारी

नेपालखबर
बैशाख २७, २०८० बुधबार ९:०, काठमाडौँ

बुधबार दक्षिण भारतको एक प्रान्त कर्नाटकमा विधानसभा चुनावको लागि मतदान हुँदैछ।

२२४ विधानसभा सिटमा बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ, मतदान बेलुका ६ बजेसम्म चल्नेछ ।

भाजपा, कांग्रेस र जेडीएस राजनीतिक दलहरूबीच प्रतिस्पर्धा छ। कर्नाटकमा सरकार बनाउन कुनै पनि दल वा गठबन्धनलाई ११३ को बहुमत आवश्यक पर्छ।

मतदानको एक दिनअघि सम्म पनि कांग्रेस र भाजपाबीच आरोप–प्रत्यारोपको सिलसिला जारी थियो। कांग्रेस नेता पवन खेडाले एक भिडियो साझा गर्दै भाजपाले गोवाका मानिसहरूलाई बसमा कर्नाटक ल्याएर मत हाल्न लगाउन लागेको आरोप लगाएका थिए।

निर्वाचनमा लिंगायत र भोक्कालिगाको मतले महत्वपूर्ण भूमिका खेल्न सक्ने राजनीतिक विश्लेषकहरू बताएका छन्।

कर्नाटकमा लिंगायत समुदायको जनसङ्ख्या करिब १७ प्रतिशत र भोक्कालिगास ११ प्रतिशत छ। -बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad