ad ad

ग्लोबल


जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १९:२७, टोकियो

जापानको मध्य भागमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एकजनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन्। 

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार मध्य इशिकावा क्षेत्रमा ६.५ म्याग्निच्युडको भूकम्प गएको हो। 

मौसम अधिकारीहरूले आगामी दिनमा परकम्प र पहिरो जान सक्ने भन्दै त्यहाँका बासिन्दालाई चेतावनी दिए पनि सुनामीको कुनै जोखिम नरहेको बताएका छन्।

त्यहाँ एक ठूलो, लामो कम्पनको महसुस गरिएको थियो। कम्पन करिब दुई मिनेटसम्म महसुस गरिएको थियो। 

‘कम्पन निरन्तर चलिरह्यो जसका कारण मलाई डर लाग्यो’, टढं सुजु सहरका एक स्थानीय सरकारी अधिकारीले आफ्नो नाम बताउन अस्वीकार गर्दै सार्वजनिक प्रसारक एनएचकेसँग बताए।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भूकम्पको क्षतिबारे राजधानी टोकियोमा पत्रकारहरुसँग कुरा गर्दै एकजनाको मृत्यु भएको र कैयौँ भवन  भत्किएको समाचार प्राप्त भएको बताएका छन्। 

सुजुका सङ्कट व्यवस्थापन अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्तिको भर्‍याङबाट खसेर मृत्यु भएको थियो। भूकम्पका कारण अन्य २१ जना घाइते भएका छन्। स्थानीय अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार कम्तीमा तीनवटा संरचना ध्वस्त भएका छन् भने दुईजना फसेका छन्। 

एकजनालाई भग्नावशेषबाट निकालेर अस्पताल पठाइएको छ भने उद्धारकर्ताले अर्काको खोजी गरिरहेका छन्।

एनएचकेको फुटेजमा परम्परागत काठका घरहरू भत्किएका वा ढलेका झ्यालहरू र क्षतिग्रस्त छानाहरू देखाइएका छन्। 

आकाशबाट लिइएका तस्बिरमा केही क्षेत्रमा भूकम्पका कारण घरहरू पूर्ण वा आंशिक रूपमा क्षति भएको देख्न सकिन्छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .