ग्लोबल


पश्चिमी युगान्डामा पहिरोले ६ वटा गाउँ ध्वस्त

पश्चिमी युगान्डामा पहिरोले ६ वटा गाउँ ध्वस्त

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १९:५५, काठमाडौँ

युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिरोले ६ वटा गाउँ भत्किएको युगान्डा रेड क्रस सोसाइटी (युआरसीएस)ले मङ्गलबार जनाएको छ।

हिमाली जिल्लामा अविरल वर्षाका कारण २६ वटा घर पूर्णरुपमा भत्किएको र २०० घर अझै जोखिममा रहेको राहत एजेन्सीले जनाएको छ।  

एजेन्सीले विज्ञप्ति जारी गर्दै पानी, सरसफाई, आश्रय र संरक्षणमा रहेको खाडलमा विशेष ध्यान दिन आग्रह गरेको छ।

विज्ञप्ति अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले युआरसीएससँग मिलेर काम गरिरहेको  र समस्यालाई सम्बोधन गर्न आग्रह गरेको छ।

सोमबार सोही जिल्लामा माटोको ढिस्कोले पुरिएर चार वर्षीय बालकको मृत्यु भएको र दुई जना घाइते भएको एक दिनपछि यो दुःखद घटना भएको हो। (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .