ad ad

ग्लोबल


अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियारसम्बन्धी सम्झौता

अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियारसम्बन्धी सम्झौता

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १८:३,

अमेरिका र दक्षिण कोरियाले आणविक हतियारसम्बन्धी एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेका छन्।

उत्तर कोरियाको आणविक खतरालाई रोक्न दक्षिण कोरियाले आफ्नै आणविक हतियार विकास गर्ने कोसिस गरिरहेको थियो।

तर, अहिले अमेरिकाले आणविक हतियारसज्जित पण्डुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने र त्यसको सञ्चालनमा दक्षिण कोरियालाई सहभागी गराउने भएको छ।

बदलामा दक्षिणले आफ्नै आणविक हतियार विकास नगर्ने भएको छ।

यो सहमतिले उत्तर कोरियाको आक्रमणलाई निरोध गर्न उनीहरुको सहकार्यलाई सुदृढ तुल्याउने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए।

अमेरिका भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आणविक हतियार प्रयोग गरेर आफ्ना सहयोगीको रक्षा गर्ने अमेरिकाको प्रतिबद्धता अभूतपूर्व भएको बताए।

चीनले भने जानीजानी तनाव बढाउने र झडप निम्त्याउने काम नगर्न आग्रह गरेको छ।

अनेकौँ महिनाको वार्तापछि यो सम्झौता भएको बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .