ad ad

ग्लोबल


मेरठमा देखिए अमृतपाल, टेम्पो चालकसँग सोधपुछ गर्दै पन्जाब प्रहरी

मेरठमा देखिए अमृतपाल, टेम्पो चालकसँग सोधपुछ गर्दै पन्जाब प्रहरी

फाइल तस्बिर : अमृतपाल सिंह


नेपालखबर
चैत १९, २०७९ आइतबार १३:३४, काठमाडौँ

पन्जाब प्रहरी हिरासतबाट फरार खालिस्तानी अमृतपाल सिंहको ‘कनेक्सन’ मेरठसँग देखिएको छ। 

उनी मेरठको बेगमपुलमा टेम्पोमा यात्रा गरिरहेको विश्वास गरिएको छ। यसबारे जानकारी पाएपछि पन्जाब प्रहरी चार दिनअघि मेरठ आएको थियो र डबल स्टोरी पल्लवपुरम निवासी टेम्पो चालक अजयसँग घन्टौँ सोधपुछ गरेको थियो।

अमृतपाल मेरठबाट दौराला जाँदै गरेको टेम्पोमा बसेका थिए। अनुसन्धान गर्न आएको पन्जाब प्रहरीले अमृतपालको फोटो देखाएर टेम्पो चालकसँग सोधपुछ गरेको थियो र अमृतपाल एक साताअघि टेम्पोमा बसेर गएको पनि बतायो। बेगमपुलदेखि दौरालाको बीचमा कहाँ पुग्यो भनेर पनि सोधियो। तर टेम्पो चालकले आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

टेम्पो चालकले पाँच दिनअघि आफू परिवारसहित टेम्पो लिएर गंगामा नुहाउन गएको बताए। फर्कने क्रममा टेम्पो दुर्घटनामा परेको थियो। भोलिपल्ट उनको मोबाइलमा फोन आयो।

फोन गर्ने व्यक्तिले आफूलाई पन्जाब प्रहरीको रूपमा चिनाउँदै बेगमपुलमा बोलाए। उनले नमानेपछि पन्जाब प्रहरी उनको घरमै पुग्यो र पन्जाबबाट भागेका खालिस्तानी अमृतपाल सिंहको बारेमा सोधिरहे। 

टेम्पो चालक अजय भन्छन्– मलाई केहि याद छैन, तर पन्जाब प्रहरीले  अमृतपाल आफ्नै टेम्पोमा गएको दाबी गरिरहेछ। अहिले प्रहरी टोली मेरठमै बसिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .