ग्लोबल


टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो, दोब्बर हुनसक्छ मृतक

टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो, दोब्बर हुनसक्छ मृतक

टर्कीमा भूकम्पले भत्किएका भवन


नेपालखबर
फागुन २, २०७९ मंगलबार ६:१८, काठमाडौँ

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ।

यसैबीच संयुक्त राष्ट्रसंघले अब भग्नावशेषमुनि पुरिएका केही व्यक्तिलाई उद्दार गर्नुको सट्टा बाँचेका करोडौं मानिसलाई सहयोग उपलब्ध गराउनेतर्फ ध्यान केन्द्रित हुने जनाएको छ।

यही फेब्रुअरी ६ मा टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ। संयुक्त राष्ट्रसंघले यो संख्या दोब्बर हुन सक्ने बताएको छ।

अहिले पनि भग्नावशेषबाट धेरै मानिस जीवितै फेला परेका अचम्मका घटना सार्वजनिक भइरहेका छन्। 

यसैबीच टर्की सरकारले भवन निर्माणमा लापरबाही गरेको र सुरक्षा नियमलाई बेवास्ता गरेको आरोपमा हालसम्म ११३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जानकारी दिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .