ad ad

ग्लोबल


म्यान्मामा थप ६ महिनाका लागि संकटकाल अवधिको घोषणा

म्यान्मामा थप ६ महिनाका लागि संकटकाल अवधिको घोषणा

नेपालखबर
माघ १९, २०७९ बिहिबार १०:१५, काठमाडौँ

म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको संकटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ।

देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो। 

सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपतकालीन अवस्था लम्ब्याउन सैन्य सरकार (जुन्ता) प्रमुख मिन आङ ह्लाइङले गरेको आग्रह लाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटीभीले जनाएको छ।

म्यान्मामा दुई बर्ष पहिले भएको सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय व्यक्तिको मृत्यु भएको छ भने सयौैँ नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .