ad ad

ग्लोबल


युक्रेनलाई एफ–१६ लडाकु विमान दिन अमेरिकाद्वारा अस्वीकार

युक्रेनलाई एफ–१६ लडाकु विमान दिन अमेरिकाद्वारा अस्वीकार

नेपालखबर
माघ १७, २०७९ मंगलबार १२:९, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सबै सहयोग दिने घोषणा गरे पनि आफ्ना एफ–१६ लडाकु विमान दिन अस्वीकार गरेका छन्।

सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ–१६ विमान दिन लागेको हो भनेर सोध्दा बाइडेनले भने– होइन। 

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी यस्तो समयमा आएको हो, एक दिनअघि मात्र जर्मनीले युक्रेनमा लडाकु विमान पठाउन अस्वीकार गरेको थियो।

युक्रेनले रुससँग जारी युद्धमा आफ्नो हवाई क्षेत्र प्राप्त गर्न लडाकु विमान आवश्यक रहेको यसअघि नै बताइसकेको छ। 

एफ–१६ संसारका सबैभन्दा भरपर्दो लडाकु विमानमध्ये एक मानिन्छ।

अमेरिकाबाहेक बेल्जियम र पाकिस्तानजस्ता अन्य देशले पनि यसको प्रयोग गर्छन्।

यदि युक्रेनले यो पाएको भए, यो हवाई लडायँमा उसको ठूलो स्तरवृद्धि हुने थियो किनभने युक्रेनले अझै सोभियत युगको लडाकु विमान प्रयोग गरिरहेको छ। यो लगभग ३० वर्षअघि सोभियत संघको समयमा, युक्रेनको स्वतन्त्रताअघि निर्माण गरिएको थियो।

यद्यपि, बाइडेनले युक्रेनको लडाकु विमानको मागलाई बारम्बार अस्वीकार गरिरहेका छन् र अन्य क्षेत्रमा सैन्य सहायता उपलब्ध गराउनमा बढी ध्यान केन्द्रित गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .