ग्लोबल


इजरायलीे स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त

इजरायलीे स्वास्थ्यमन्त्री डेरी पदबाट बर्खास्त

बर्खास्तमा परेका इजरायली स्वास्थ्यमन्त्री आर्यह डेरी।


नेपालखबर
माघ ९, २०७९ सोमबार ७:५८, काठमाडौँ

इजरायली स्वास्थ्यमन्त्री आर्यह डेरीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतको फैसलापछि आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पदबाट बर्खास्त गरेका छन्।

सर्वोच्च अदालतले गत बुधबार नेतन्याहूले गत वर्ष कर छलीगरेको अभियोगमा दोषी ठहर भएका कारण ‘डेरीलाई पदबाट हटाउनुपर्ने’ फैसला सुनाएको थियो।

प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्ति अनुसार नेतन्याहूले डेरीलाई भने, ‘भारी मन अर्थात् दुःख र अत्यन्त कठिन भावनाका साथ म तपाईंलाई मन्त्रीबाट हटाउन बाध्य भएको छु।’

इजरायलमा नोभेम्बर १ मा भएको निर्वाचनपछि गठबन्धन सम्झौताअन्तर्गत गत महिना दक्षिणपन्थी यहुदी पार्टी (शास) का नेता डेरीलाई स्वास्थ्य तथा आन्तरिक मन्त्री नियुक्त गरिएको थियो। 

न्यायाधीशहरूले डेरीले हल्का सजाय पाउनका लागि राजनीतिबाट राजीनामा दिन चाहेको जस्तो देखिएको बताएका छन्।

वरिष्ठ राजनीतिज्ञलाई एक लाख ८० हजार शेकेल (करिब ५० हजार अमेरिकी डलर) जरिवाना गरिएको थियो। उनले आफ्नो संसदीय सीट त्यागेका थिए। तर नोभेम्बरको चुनावमा उनले फेरि प्रतिस्पर्धा गरेका थिए।

संसदले गत महिना अपराधमा दोषी ठहरिएका तर हिरासतमा नरहेका कुनै पनि व्यक्तिलाई मन्त्रीको रूपमा काम गर्न अनुमति दिने कानुन पारित गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad