ad ad

ग्लोबल


चुनावी पराजयपछि ४० दिनदेखि चुप ब्राजिलका राष्ट्रपतिले मौनता तोडे

चुनावी पराजयपछि ४० दिनदेखि चुप ब्राजिलका राष्ट्रपतिले मौनता तोडे

फाइल तस्बिर : ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो


नेपालखबर
मंसिर २४, २०७९ शनिबार १३:३८, काठमाडौँ

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोडेका छन्।

बोल्सोनारोले अक्टोबर  ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँगको पराजयपछि सार्वजनिक रूपमा  निर्वाचनको परिणामबारे कुनै प्रतिक्रिया दिएका थिएनन्।

‘म लगभग ४० दिनदेखि मौन छु। यसले मलाई पीडा दिइरहेको छ, मेरो आत्मा दुःखिरहेको छ।  यद्पि म सधैं खुसी  हुने व्यक्ति हुँ’, उनले भनेका छन्।

उनको पराजयपछि उनका हजारौं समर्थकहरूले सडक अवरुद्ध गर्दै सेनालाई लुलालाई सत्ता लिनबाट रोक्न आग्रह गर्न सैन्य ब्यारेक अगाडि प्रदर्शनसमेत गरेका थिए। 

बोल्सोनारो जनवरी १ सम्म पदमा रहनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .