ad ad

ग्लोबल


आठ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा

आठ हजारभन्दा बढी भारतीय नागरिक विदेशी जेलमा

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०७९ शनिबार १३:२६, नयाँ दिल्ली

आठ हजारभन्दा बढी भारतीय विभिन्न देशका जेलमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ।  तीमध्ये चार हजार ३८९ जना खाडी देशका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन्।

‘मन्त्रालयमा उपलब्ध तथ्याङ्कअनुसार भारतीय हाल विदेशी कारागारहरूमा पुर्पक्षमा रहेका लगायतका कैदीहरूको सङ्ख्या ८ हजार ४४१ छ।  जसमध्ये  चार हजार ३८९ खाडी मुलुक (संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान) का जेलमा छन्,’  उनले भने। 

यूएई जेलमा रहेका कैदीहरूले भारतीय जेलमा आफ्नो बाँकी सजाय काट्न सक्छन् कि भनेर सोधिएको प्रश्नको जवाफ दिँदै राज्यमन्त्रीले सजाय पाएका व्यक्तिहरूको स्थानान्तरण (टीएसपी), जुन नोभेम्बरमा हस्ताक्षर भइसकेको उनले बताए। 

‘टीएसपी सम्झौताअन्तर्गत सजाय पाएको व्यक्तिलाई आफ्नो देशमा स्थानान्तरण गर्न कैदीको स्थानान्तरणको इच्छा, स्थानान्तरण र प्राप्त गर्ने देशको सहमति, अनुरोध प्रक्रियाको लागि आवश्यक पूर्ण कागजातको उपलब्धता, क्लियरेन्स जस्ता विभिन्न औपचारिकताहरू पूरा गर्नुपर्ने हुन्छ र सो प्रक्रियका लागि आवश्यक कागजातहरूको यूएई पठाइएको छ’, उनले  भने। 

दोहामा हिरासतमा रहेका आठ पूर्व नौसैनिक अधिकारीको मुद्दा फेरि चर्चामा आएपछि  यो विषय पुनः सार्वजनिक  चासोको मुद्दा बनेको हो।

डिसेम्बर  १ मा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले कतारमा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरूको मामलामा नियमित रूपमा प्रतिक्रिया दिइरहेको र दूतावासले यस विषयलाइ गम्भीर रूपमा लिइरहेको बताएका छन्।

प्रवक्ताले केही थुनुवाका दोहामा परिवारहरू छन् र उनीहरूलाई साप्ताहिक रूपमा भेटघाट गर्न अनुमति दिइएको पनि बताएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .