ad ad

ग्लोबल


कतार पुग्यो विश्वकप ट्रफी

कतार पुग्यो विश्वकप ट्रफी

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ११:४५, काठमाडौँ

फिफा विश्वकपको ट्रफी सोमबार कतार पुगेको छ।  

फिफा विश्वकप २०२२ सुरु हुनुभन्दा एक साताअघि विश्वकपको ट्रफी पनि कतार पुगेको हो। एकमात्र सुनको वास्तविक फिफा वल्र्ड कप ट्रफी यसअघि विश्व भ्रमणमा थियो।

यो ट्रफी विभिन्न ५१ मुलुकमा पुर्‍याइएको थियो। कोकाकोलाले सुरु गरेको विश्वकप ट्रफीको विश्व भ्रमण गत मे महिनामा दुबईबाट सुरु भएको थियो। यो ट्रफी सोमबार कतारको दोहा आउनुभन्दा पहिला साउदी अरेबियाको इथ्रा सहरमा देखाइएको थियो। 

कतार विश्वकप २०२२ की महाप्रबन्धक नाजिल बेबेरोग्लुले विश्वकपको ट्रफी कतार आइपुग्नु सबैको लागि खुसीको कुरा भएको बताइन्।

अहिले कतार पुगेको विश्वकपको ट्रफी फाइनल खेलसम्म फिफा र डेलिभरी एण्ड लिगेसीका सर्वोच्च कमिटीको निगरानीमा राखिनेछ।

फाइनल खेल जित्ने टोलीलाई उक्त ट्रफी हस्तान्तरण गरिनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .