ad ad

ग्लोबल


पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानमाथि गोली प्रहार, अस्पताल लगियो

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरानमाथि गोली प्रहार, अस्पताल लगियो

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १७:३२, काठमाडौँ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार तेहेरिक ए इन्साफका अध्यक्ष खानको खुट्टामा गोली लागेको छ।

केही सातादेखि जारी दोस्रो लङ मार्चका कारण खान चढेको कन्टेनरलाई ताकेर गोली चलाइएको हो। 

पज्जावको वजिराबाद यो घटना भएको हो। गोली चलाइएपछि उनी र अर्का सांसदसहित चारजना घाइते भएका छन्।

पाकिस्तानको वाजिरावादमा भएको र्‍यालीका क्रममा इमरानमाथि आक्रमण भएको हो। 

पाकिस्तानी टेलिभिजन जियोले इमरानको खुट्टामा गोली लागेको उल्लेख गरेको छ।

घटनालगत्तै पुगेका एक डाक्टरलाई उद्धृत गर्दै जियोले जनाएअनुसार इमरानलाई अहिले अस्पताल लगिएको छ।

गोली चलेपछि अहिले इमरानको र्‍यालीमा तनाव भएको छ। त्यहाँ परिचालित सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। 

कन्टेनरमा अन्धाधुन्धा गोली चलाएका ती व्यक्तिलाई तत्कालै प्रहरीले पक्राउ गरिसकेको छ। 

‘डन न्यूज’ का अनुसार इमरान जुन कन्टेनरमा सवार थिए त्यसको नजिकै आएर मास्क लगाएका एकजनाले गोली प्रहार गरेका थिए।

तर गोली चलाउने ती व्यक्तिलाई उनको पछाडि उभिएका अर्का व्यक्तिले रोक्न खोजेका थिए। 

इमरानले पछिल्लो साता शाहबाज शरिफ सरकारको राजीनामा र चाँडै चुनावको माग गरेका थिए। 

इमरानले सरकारविरुद्ध लङ मार्च थालेपछि पाकिस्तानको राजनीति गर्माएको छ।

यस लङ मार्च सुरु भएयता अलग-अलग कारण एक महिला पत्रकारसहित तीनजनाले ज्यान गुमाइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .