ad ad

ग्लोबल


भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुग्यो

भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुग्यो

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ८:१९, काठमाडौँ

भारतको गुजरातस्थित मोरबीमा केबल ब्रिज भत्किँदा मृत्यु हुनेको संख्या १४३ पुगेको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेको संख्या १४३ पुगेको हो। मच्छु नदीमा उद्धार कार्यलाई तीव्र बनाउन सेनाको सहयोग लिइएको छ।

अहिलेसम्म १७७ जना मानिसको उद्धार भइसकेको समाचारमा उल्लेख छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। 

आइतबार छठ पर्वको लागि ठूलो संख्यामा मानिसहरु भेला भएको बेला पुल भत्किएको हो। अधिकारीहरुका अनुसार यो पुलको वरपर करिब पाँच सय मानिसहरु छठ पर्व मनाइरहेका थिए। केही दिनअघि मात्र  मोरबीको पुल मर्मतपछि स्थानीयका लागि खुला गरिएको थियो। 

यो दुर्घटनामा परी मृत्यु हुनेमा धेरैजसो मोरबीको आसपासका मानिसहरु छन्। यो घटनासँगै तीनदिने गुजरात भ्रमणमा रहेका मोदीले आफ्ना कार्यक्रमहरु पनि रद्द गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .