चीनले ताइवान एकीकरणको दिशामा अहिलेसम्मकै निकट पुगेको बताएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको रुपमा तेस्रो कार्यकाल सुरु गरेसँगै चीनले ताइवानको विषयमा यस्तो बताएको हो। बेइजिङको ताइवान मामिला कार्यालयले अहिले चीनको सैन्य बल ‘पूर्ण एकीकरण’को संघारमा रहेको बताएको छ।
चिनियाँ सरकारका प्रवक्ता मा सिआओकुआङले एकीकरणको लागि चीन अहिलेसम्मकै निकट रहेको र यस विषयमा आफू विश्वस्त र सक्षम पनि रहेको उल्लेख गरेका छन्।
गत बुधबार ताइवानका विदेशमन्त्री जोसेप वुले आगामी दिनमा चीनले ताइवानलाई कूटनीतिक हिसाबमा एक्ल्याउने प्रयास बढाउन सक्ने बताएका थिए।
संसद्मा बुझाएको प्रतिवेदनमा उनले चीनले ताइवानमाथि आक्रमण र धम्की पनि पनि बढाउन सक्ने बताएका थिए। उनले विशेषगरी कूटनीतिक हिसाबमा चीनले ताइवानलाई समस्यामा पार्न सक्ने उनको भनाइ छ।
Shares

प्रतिक्रिया