ग्लोबल


एडीबीले दियो पाकिस्तानलाई १५ अर्ब डलर ऋण

एडीबीले दियो पाकिस्तानलाई १५ अर्ब डलर ऋण

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ७:२९, काठमाडौँ

एसियाली विकास बैंक (एडीबी) ले पाकिस्तानलाई एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग उपलब्ध गराएको छ।

पाकिस्तानमा सामाजिक सुरक्षा, खाद्य सुरक्षा र विनाशकारी बाढीको समयमा आफ्ना जनताका लागि रोजगारी प्रदान गर्न सहयोग गर्न बैङ्कले एक अर्ब ५० करोड अमेरिकी डलरको वित्तपोषण स्वीकृत गरेको हो।

हालै आएको बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित हुनुका साथै पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुर्‍याएको परिप्रेक्ष्यमा पाकिस्तानमा जनता, जीविकोपार्जन र पूर्वाधारमा सहयोग पुर्‍याउन एडीबीले जारी गरेको महत्वपूर्ण प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उपलब्ध गराइएको एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बैङ्कले भनेको छ, “पाकिस्तानी सरकारलाई आफ्नो विकास खर्च प्याकेज कार्यान्वयन गर्न आवश्यक वित्तीय सहयोग प्रदान गर्नेछ, जुन सङ्कटको समयमा प्रायः असमान रूपमा प्रभावित हुने गरिब परिवारहरूलाई लक्षित गर्ने व्यवस्था गरिएको छ।”

यस कार्यक्रमले नगद स्थानान्तरण प्राप्त गर्ने परिवारको सङ्ख्या ७९ लाखबाट बढाएर ९० लाख पर्‍याउन र प्राथमिक तथा माध्यमिक विद्यालयमा भर्ना भएका बालबालिकाको सङ्ख्या वृद्धि गर्न सहयोग पुग्ने र यस सहयोगले दक्षिण एशियाली मुलुकमा स्वास्थ्य सेवा र पोषण सामग्रीको भौगोलिक कभरेज पनि बढाउने एडीबीले जनाएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad