ad ad

ग्लोबल


पाकिस्तानको उपचुनावमा इमरानको पार्टीलाई सानदार जित

पाकिस्तानको उपचुनावमा इमरानको पार्टीलाई सानदार जित

नेपालखबर
असोज ३१, २०७९ सोमबार २२:१, काठमाडौँ

पाकिस्तानमा आइवार नेशनल एसेम्ब्लीको आठ सिट र प्रान्तीय विधानसभाको तीन सिटका लागि उपचुनाव भएको छ। 

उपचुनावमा इमरान खानको पार्टीले आठमध्ये ६ सिटमा जित निकालेको छ। अर्कातिर पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले केबल दुई सिट पाएको छ।

पञ्जाबको तीन प्रान्तीय सिटमा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले दुई र मुस्लिम लिग-नुनले एक सिट जितेको छ।

पीटीआईका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खान स्वयम् चुनावी अभियानमा उत्रिएर नेशनल एसेम्ब्लीको आठ सिटमध्ये सातका लागि उम्मेदवार उठाएका थिए।

शाह महमूद कुरैशीकी छोरी मेहर बानो कुरैशीले मुल्तान सिटमा लडेकी थिइन्। तर उनी पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोरा मूसा गिलानीसँग हारिन्।

अवामी नेशनल पार्टी (एएनपी) एनपीले दुई सिटमा लडेको थियो। जमीयत उलेमा इस्लाम एफ (जेयूआईएफ) ले एक सिट, पिपल्स पार्टीले दुई सिट, पाकिस्तान मुस्लिम लीग-नवाज (पीएमएल-एन) ले दुई सिट र मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) ले एक सिटमा चुनाव लडैका थिए। तर कसैले एक सिट पनि जितेतनन्। 

इमरान खानले नेशनल एसेम्बलीको आठमा सात सिटमा चुनाव लडेर आफ्नै पुरानो रेकर्ड तोडेका छन्। सन् २०१८ को उपचुनावमा उनको पार्टीले ५ सिट जितेको थियो। यो जितले इमरानको लोकप्रियता अझै बढ्दै गएको देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .