ग्लोबल


लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनी दाबी

लिमानलाई रूसी सेनाबाट मुक्त गरिएको युक्रेनी दाबी

नेपालखबर
असोज १६, २०७९ आइतबार २१:२२, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रूसी सेनाबाट ‘खाली’ गरिएको बताएका छ।  

मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौंलामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका बावजुद रूसले कब्जा गरिएका युक्रेनी भूभागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो।  

मस्कोको सेनाले हप्तौंसम्म प्रयास गरेको लिमानको पुनः कब्जाले क्रेमलिनले आफ्नो दाबी गरेको क्षेत्रमा युक्रेनी सेनाको पहिलो विजय हो र सबै सम्भव तरिकाले प्रतिरक्षा गर्ने कसम खाएको छ।

‘स्थानीय समय अनुसार शनिबार मध्यान्न १२ः३० मा लिमन पूर्ण रूपमा रूसी सेनाबाट मुक्त भएको छ। युक्रेनी सेनालाई धन्यवाद!’ जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा लेखेका छन्।

युक्रेनको सेनाले शनिबार लिमानमा प्रवेश गरेको बताएको छ।  यसपछि मस्कोले शहरबाट आफ्ना सैनिकहरूलाई ‘अधिक अनुकूल रेखा ९स्थल०हरू’ तर्फ ‘फिर्ता’ गर्ने घोषणा गरेको छ।

आफ्नो नाम डे गुएरे  ‘स्मोक’ बताउने ३३ वर्षीय युक्रेनी सैनिकले लिमानबाट एएफपीलाई भने, ‘अब म आशावादी छु र धेरै प्रेरित छु । म अग्रपङ्तीमा अझै अक्कल झुक्कल आक्रमण र प्रत्याक्रमणका गतिविधि देख्छु । यद्यपि हाम्रो अवस्था मजबुत छ । कसरी विदेशी हतियारहरू भित्राउने र हामीलाई हाम्रो भूमि फिर्ता लिने यसमा सहयोगी राष्ट्रले मद्दत गर्नेछन् ।’ 

जेलेन्स्कीले शनिबार एक भिडियो सम्बोधनमा देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुनः कब्जा गर्ने प्रतिबद्धता व्यक्त गरेका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad