युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युरोपका सबै मानिसको समान्य जिन्दगी ध्वस्त पार्न चाहेको आरोप लगाएका छन्।
शनिबार आफ्नो नियमित सम्बोधनको क्रममा उनले भने, ‘रुसले जुन स्थानमा मिसाइलबाट आक्रमण गरेको छैन, त्यहाँ उसले गरिबी र राजनीतिक अराजकताको सहारा लिइरहेको छ।’
जेलेन्स्कीको यो प्रतिक्रिया आउनुअघि रुसले युरोपको लागि आफ्नो मुख्य ग्यास पाइपलाइन योजना अनुसार पुनः नखुल्ने बताएको थियो।
युरोपले रुस–युक्रेन युद्धको बीच रुसले युरोपलाई ब्ल्याकमेल गर्न ग्यास आपूर्तिलाई हतियार बनाइरहेको आरोप लगाएको छ। यद्यपि रुसले भने यो आरोपको खण्डन गर्दै आएको छ।
फेब्रुअरी २४ मा युक्रेनमाथि रुसले आक्रमण सुरु गरेयता विश्व बजारमा ऊर्जाको भाउ बढेको छ। आगामी दिनमा ऊर्जाको भाउ अझै बढ्न सक्ने आशंका व्यक्त गरिँदै आएको छ।
Shares
प्रतिक्रिया