ad ad

ग्लोबल


बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्यो भारत

बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्यो भारत

नेपालखबर
भदौ १८, २०७९ शनिबार १२:१५, काठमाडौँ

भारत बेलायतलाई पछि पार्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको छ। बेलायत एक स्थान खस्किँदै छैटौं स्थानमा झरेको छ।

ब्लूमवर्गको रिपोर्टअनुसार सन् २०२१ को तेस्रो त्रैमासमा भारतले अर्थतन्त्रको आकारको हिसाबमा बेलायतलाई उछिनेको हो। यो गणना अमेरिकी डलरको आधारमा गरिएको हो।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका अनुसार कूल घरेलु उत्पादनको तथ्यांकअनुसार भारतले यो आर्थिक वर्षको पहिलो तीन महिनामा नै बेलायतलाई पछि पारेको हो। भारतमा अप्रिलदेखि नयाँ आर्थिक वर्ष सुरु भएको हो।

भारतीय अर्थतन्त्रको आकार नोमिनल क्यास टम्र्समा ८ खर्ब ५४ अर्ब ७० करोड डलर छ। बेलायतको अर्थतन्त्रको आकार भने ८ खर्ब १६ अर्ब डलर छ। यस वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले बढ्ने अनुमान छ। 

पछिल्लो समय बेलायतको अर्थतन्त्र भने खस्किँदो छ। बेलायतका नयाँ प्रधानमन्त्रीलाई मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनु ठूलो चुनौती हुनेछ। सेप्टेम्बर ५ मा बेलायतमा प्रधानमन्त्रीको लागि निर्वाचन हुँदै छ। 

अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा अमेरिका छ। त्यसपछि चीन, जापान र जर्मनी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .