ad ad

ग्लोबल


पेस्तोलबाट गोली नपड्किएपछि भाग्यवश बाँचिन् अर्जेन्टिनाकी उपराष्ट्रपति

पेस्तोलबाट गोली नपड्किएपछि भाग्यवश बाँचिन् अर्जेन्टिनाकी उपराष्ट्रपति

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १५:९, काठमाडौँ

अर्जेन्टिनाकी उपराष्ट्रपति हत्याप्रयासबाट भाग्यवश बाँचेकी छन्। एक व्यक्तिले उनीतर्फ पेस्तोल ताकेर गोली चलाउन खोजे पनि नपड्किएपछि उनी बच्न सफल भएकी हुन्।

उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज दे किर्चनेर आफ्ना समर्थकबाट घेरिएकी थिइन्। त्यहीबेला उनको सामुन्ने लोड गरिएको पेस्तोल ताकेर एक व्यक्ति खडा थिए। ती व्यक्ति ३५ वर्षीय ब्राजिली नागरिक भएको प्रहरीले जनाएको छ। जसलाई प्रहरीले हिरासतमा लिएको छ।

प्रहरीहरु हत्याप्रयासको कारण स्थापित गर्ने प्रयासमा छन्।

क्रिस्टिना पूर्वराष्ट्रपति पनि हुन्। उनी २००७ देखि २०१५ सम्म राष्ट्रपति थिइन्। 

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले सो पेस्तोलमा ५ गोली लोड गरिएको खुलासा गरेका छन्। तर, ट्रिगर दबाउँदा नपड्किएको उनको भनाइ छ।

सामाजिक सञ्जालमा पोस्ट भएको एउटा भिडिओमा भीडको बीचबाट पेस्तोल ताकिएको र त्यो देखेपछि उपराष्ट्रपति फर्नान्डेज कान थुनेर झुकेको देख्न सकिन्छ। 

अर्को एक भिडिओमा फर्नान्डेजलाई उनीबाट केही इन्चको दुरीमा पुगेका आक्रमणकारीबाट बचाउने प्रयास भीडले गरेको देखिन्छ। 

त्यतिबेला फर्नान्डेज अदालतबाट घर फर्किंदै थिइन्, जहाँ उनीमाथि भ्रष्टाचारको आरोप छ। बीबीसी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .