युक्रेनसँगको युद्धमा इरानको ड्रोनको प्रयोग गर्दा रुसलाई धेरै स्थानमा असफलता हात लागेको अमेरिकाले दाबी गरेको छ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार यसै महिना रुसले इरानबाट ड्रोन खरिद गरेको थियो।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार इरानबाट रुसले खरिद गरेका ड्रोनमा मोहजेर ६ र शाहेड सिरिज रहेका छन्। रुसले उक्त हतियार यस महिनाको केही दिनसम्म प्रयोग गरेको थियो।
अधिकारीका अनुसार रुसले इरानबाट सयौं हतियार खरिद गर्ने योजना बनाइरहेको छ।
रुसले इरानबाट खरिद गर्न गइरहेको हतियारमा हावाबाट जमिनमा आक्रमण गर्ने सक्ने हतियार, विद्युतीय हतियार तथा सुरुमा नै लक्ष्य निर्धारण गरेर प्रहार गर्न सकिने हतियार छन्।
गत जुलाईमा अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले इरानले रुसलाई सयौंं हतियार प्रदान गर्ने तयारी गरिरहेको बताएका थिए।
गत महिना अमेरिकाले स्याटेलाइट तस्बिर सार्वजनिक गर्दै रुसी अधिकारीले जुन ८ र जुलाई ५ मा इरानी ड्रोन हेर्नको लागि काशन एयरफिल्डको अवलोकन गरेको बताएको थियो।
गत महिना इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियनले रुससँग रक्षालगायतका धेरै विषयमा सहकार्य भइरहेको बताएका थिए।
Shares

प्रतिक्रिया