ad ad

ग्लोबल


चीनको जहाज श्रीलंकाको हम्बनटोटामा (भिडिओ), भारतले जनाएको थियो आपत्ति

चीनको जहाज श्रीलंकाको हम्बनटोटामा (भिडिओ), भारतले जनाएको थियो आपत्ति

नेपालखबर
साउन ३१, २०७९ मंगलबार ९:२६, काठमाडौँ

चीनको युआन वाङ–५ जहाज आज अगस्ट १६ मा श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ। जहाज ६ दिन हम्बनटोटामै रहनेछ।

यसअघि यो जहाज अगस्ट ११ मै हम्बनटोटा पुग्नेवाला थियो। त्यतिबेला भारतले श्रीलंकाको यो कदमप्रति चिन्ता व्यक्त गरेको थियो।

यसपछि श्रीलंकाले चिनियाँ जहाज हम्बनटोटा बन्दरगाहमा इन्धन भर्नका लागि मात्र रोकिने बताएको थियो तर भारतको आपत्तिपछि उसले चीनलाई आफ्नो जहाज पठाउने योजना स्थगन गर्न आग्रह गरेको थियो।

अन्ततः श्रीलंकाको विदेश मन्त्रालयले गत शुक्रबार चिनियाँ जहाज युआन वाङ–५ अगस्ट १६ देखि २२ सम्म हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको पुष्टि गरेको छ। 

चीनले यो बन्दरगाह सैन्य गतिविधिका लागि प्रयोग गर्न सक्ने भारतको आशंका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .