ad ad

ग्लोबल


अर्मेनियाको व्यापारिक केन्द्रमा विस्फोट, ६ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता

अर्मेनियाको व्यापारिक केन्द्रमा विस्फोट, ६ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता

फाइल फाेटाे


नेपालखबर
साउन ३०, २०७९ सोमबार १८:१७, येरेभान, अर्मेनिया

अर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको भीषण विस्फोटमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएको अर्मेनियाली अधिकारीले बताएका छन्।

आकस्मिक सेवामामिला मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा कम्तीमा छ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन्। उक्त घटनामा घाइते भएका २८ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।’

विस्फोटपछि तीनतले भवन भत्किएको त्यहाँ रहेका दर्जनौं मानिस भग्नावशेषमा परेका थिए।  विष्फोट भएको केही मिनेटमा नै उक्त स्थानमा स्थानीय, सुरक्षाकर्मी र तालिमप्राप्त उद्धारकर्मीहरू पुगी उद्धार सुरु गरेको अधिकारीले बताएको छन्।

घटनास्थलमा करिब ३५० अग्निनियन्त्रक र उद्धारकर्मीलाई परिचालन गरी जीवित व्यक्तिको खोजी गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार नै उद्धार कार्यको निरीक्षण गरेका थिए। येरेभानस्थित सुरमालु सपिङ सेन्टरमा स्थानीय समयअनुसार आइतबार शक्तिशाली विस्फोट भएको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बजारको आतसबाजी भण्डार गरी राखिएको गोदाममा विस्फोट भएको थियो। विस्फोटपछि घटनास्थलमा भीषण आगलागी भएको बताइएको छ। 

अधिकारीहरूले घटनाको कारणबारे विस्तृत जानकारी दिएका छैनन्। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .