ad ad

ग्लोबल


बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा, तोडे भाजपासँगको गठबन्धन

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा, तोडे भाजपासँगको गठबन्धन

नेपालखबर
साउन २४, २०७९ मंगलबार १७:२३, काठमाडौँ

भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। 

नितिशको दल जनता दल युनाइटेड (जेडयू) ले भारतीय जनता पार्टीसँगको गठबन्धन पनि तोडेको छ। त्यसलगत्तै नितिशले मंगलबार दिउँसो मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले आजै जेडियुका बिहार राज्यका सांसदसँग परामर्श गरेका थिए। 

भाजपा र जेडीयूबीच केही समयदेखि तिक्ततापूर्ण सम्बन्ध थियो। जेडीयूमा विभाजन ल्याउन भाजपाले षडयन्त्र गरिरहेको नितिशको आरोप थियो। 

खासगरी मुख्यमन्त्री नितिशले जेडीयू फुटाउन भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहले लामो समयदेखि षड्यन्त्र गरिरहेको बताएका थिए। 

गृहमन्त्री शाहले सो पार्टी फुटाउने योजना अनुसार नितिशकै दलका पूर्वनेता आरसीपी सिंहलाई छद्मरुपमा प्रयोग गरिरहेको नितिशको आरोप थियो। 

पार्टीभित्र भष्ट्राचार गरेको आरोप लागेपछि सिंहले गतसाता राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .