ग्लोबल


चीनले स्थगन गर्‍यो अमेरिकासँग विभिन्न विषयमा जारी वार्ता

चीनले स्थगन गर्‍यो अमेरिकासँग विभिन्न विषयमा जारी वार्ता

नेपालखबर
साउन २१, २०७९ शनिबार ८:२, काठमाडौँ

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई देखाउँदै जलवायु परिवर्तन, सैन्य सम्बन्ध र लागूऔषध विरोधी प्रयासका विभिन्न विषयमा संयुक्तराज्य अमेरिकासँगको वार्ता तत्कालका लागि स्थगन गरेको चीनले बताएको छ।

बेइजिङ र वासिङ्टनबीचको सम्बन्धमा तनाव आइरहेका समय यो घोषणा गरेको हो। 

चीनले सभामुख पेलोसीलाई ताइवानलाई महत्व दिएर ‘एक चीन नीतिविरूद्ध’ भ्रमण नगर्न दिएको सुझाव उल्लङ्घन गरेमा यसको सशक्त प्रतिकार गर्ने बताएअनुसार अमेरिकासँग माथि उल्लेखित विषयमा गरिरहेको सहकार्यलाई निलम्बन गर्ने बताएको हो। 

चीनले ताइवानको तट नजिकैको छ क्षेत्रमा बिहीबार चेतावनीस्वरूप सैन्य अभ्यास सुरु गरेको थियो, जुन आइतबारसम्म चल्नेछ।

ताइवानी प्रतिरक्षा अधिकारीहरूले सञ्चारमाध्यमलाई बताएअनुसार ताइवानमाथि पनि चिनियाँ क्षेप्यास्त्र प्रहार गरिएको उल्लेख छ। चीनले विदेशी सरकारहरूलाई चीनको अनुमतिबिना स्वतन्त्ररूपमा ताइवानसँग सम्बन्ध नबढाउन आग्रह गर्दै आएको छ। पेलोसी भ्रमणप्रति चीनको प्रतिक्रिया असामान्य देखिएको छ। 

चीनको परराष्ट्र मन्त्रालयले सैन्य सामुद्रिक सुरक्षाका विषयमा वार्तासँगै अमेरिका र चिनियाँ क्षेत्रीय कमाण्डर र रक्षा विभाग प्रमुखबीचको वार्ता रद्द गरिने बताएको छ।

अवैध आप्रवासीलाई फिर्ता गर्ने, आपराधिक अनुसन्धान, पारराष्ट्रिय अपराध, अवैध लागुऔषध र जलवायु परिवर्तन सम्बन्धमा सहकार्य गर्ने सहमति निलम्बन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ। 

पेलोसीले ‘चीनको बलियो विरोध र गम्भीर प्रतिनिधित्वको उपेक्षामा’ ताइवान भ्रमण गरेकोले यो कार्य गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

चीनलेआफ्नो सार्वभौमिकतामाथि आक्रमण गरेको आरोप बाइडेन प्रशासनलाई लगाएको छ। यद्यपि, पेलोसी अमेरिकी सरकारको सभामुख भएकोले उनको भ्रमण रोक्ने कुनै अधिकार चीनलाई नभएको अमेरिकाको भनाइ छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad