ad ad

ग्लोबल


रुस ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ : पुटिन

रुस ‘महान सामुद्रिक शक्ति’ बन्न चाहन्छ : पुटिन

नेपालखबर
साउन १६, २०७९ सोमबार ७:३६, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस महान सामुद्रिक शक्ति बन्न चाहेको बताएका छन्।

आइतबार रुसी जलसेना दिवसको अवसरमा सेन्ट पिटर्सबर्गमा आयोजित एक समारोहमा पुटिनले अमेरिकी प्रभुत्वको सामना गर्नको लागि रुस महान सामुद्रिक शक्ति बन्ने लक्ष्यमा रहेको बताएका हुन्। 

पुटिनले अमेरिकी सैन्य गठबन्धन नेटोको विस्तारका साथै समुद्रमा प्रभाव बढाउने अमेरिकी प्रयास रुसको लागि ठूलो चुनौती भएको उल्लेख गरेका छन्। 

उनले रुसको स्वतन्त्रता र सम्प्रभुतामाथि आक्रमण गर्नेहरुको सामना गर्न छिटै नै जिरकन हाइपरसोनिक मिसाइल सेनालाई दिइने बताएका छन्।

उनले भने, ‘हामीले आर्थिक तथा सामरिकरुपमा आफ्नो सीमा र राष्ट्रिय हितको क्षेत्र पूर्णरुपमा निर्धारण गरेका छौं। सबैभन्दा पहिला आर्कटिक सागर, ब्ल्याक सी, ओकहोत्स्क, बेरिङ र बाल्टिक सागरका साथै कुरिलको खाडी पनि हाम्रो हो।’ 

पुटिनले यी क्षेत्रको सुरक्षाको लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .