ad ad

ग्लोबल


कोरोना लागेका बाइडेनको स्वास्थ्यमा सुधार

कोरोना लागेका बाइडेनको स्वास्थ्यमा सुधार

नेपालखबर
साउन ७, २०७९ शनिबार १०:२०, काठमाडौँ

कोभिड–१९ को संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्यमा सुधार आएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयका चिकित्सकले उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र उनले औषधि पनि लिइरहेको बताएका हुन्। 

बुधबार कोभिड–१९ को संक्रमण पुष्टि भएका बाइडेनलाई बिहीबार ज्वरो आउनेलगायतका लक्षण देखिए पनि शुक्रबार भने उनको अवस्थामा सुधार आएको छ। 

अझै पनि बाइडेनमा रुघा, थकान र कहिलेकाहीँ खोकी लाग्ने समस्या रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

उनको शरीरको तापक्रम भने सामान्य अवस्थामा फर्किएको छ। त्यस्तै मुटुको गति, रक्तचाप, श्वासप्रश्वासको दर र शरीरमा अक्सिजनको मात्रा पनि सामान्य अवस्थामा फर्किएको छ। 

बाइडेनले कोरोनाको पूरा डोज खोप लिइसकेकाले पनि उनको स्वास्थ्यमा कुनै जटिलता नदेखिएको चिकित्सकहरुले बताएका छन्।

ह्वाइट हाउसका अनुसार बाइडेनको सम्पर्कमा आएका १७ जनाको परीक्षण गर्दा कसैलाई पनि कोभिड–१९ को संक्रमण देखिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .